१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

समाजवादी पार्टी रित्तो पारेर ५० जना नेता नेकपामा, ओली र प्रचण्डले स्वागत गर्दै

२० असार, काठमाडाैँ । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायत नेकपामा प्रवेश गर्दै हुनुहुन्छ । धमला र पराजुली श्रीमान श्रीमती हुनुहुन्छ ।

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । नेकपाको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उहाँहरू पार्टी प्रवेश गर्न लाग्नुभएको हो ।

फाइल तस्बीर ।

बिहीबार नै पार्टी प्रवेश गर्ने कार्यक्रम थियो तर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण कार्यक्रम स्थगित भएको जानकारी पराजुलीले दिनुभयो । फोरम नेपालसँग नयाँ शक्तिले एकीकरण गर्नु राम्रो हो तर नयाँ शक्ति पार्टी जुन अभियानका लागि गठन भएको थियो, त्यो बाटो छाडेका कारण आफूहरू सो दल छाडेर नेकपामा प्रवेश गर्न लागेको पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 5, 2019 at 9:28 am