५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

नेपाल विद्यार्थी सङ्घद्वारा मिर्गौलापीडितलाई ५१ हजार सहयोग

१८ असार, काठमाडाैँ । नेपाल विद्यार्थी सङ्घले मिर्गौलापीडितलाई आर्थिक सहयोग गरेको छ । गिरीजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीको अवसरमा आज नेविसङ्घले नेपाल मेडिकल कलेज जोरपाटीमा दुबै मिर्गाैला फेल भएर उपचार गराइरहेका सङ्खुवासभा धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्पबहादुर खत्रीलाई रु ५१ हजार आर्थिक सहयोग गरेको हो ।

नेविसङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति करुणा कटवालको समन्वयमा सङ्कलन गरिएको रकम आज अस्पताल पुगेर नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले खत्रीलाई हस्तान्तरण गर्नुभयो । रासस

प्रकाशित मिति : 20:59