५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

टिपरमा आगजनी गर्ने नुवाकोटका सागर तिमल्सिना बालाजुबाट पक्राउ

१८ असार, काठमाडाैँ । नुवाकोटको शिवपुरीमा गत साउनमा टिपरमा आगजनी गर्ने विप्लव समूहका कार्यकर्ता सागर तिमल्सिना पक्राउ परेका छन । अघिल्लो वर्ष साउन २९ गते  नुवाकोट शिवपुरी गा.पा.वडा नं.८ बोहोरे खोला स्थित सडकमा बा ४ ख ८५१६ नं टिपर गाडीमा आगजनी गर्नेकाममा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत बालाजुले तिमल्सिनालाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको छ ।

फाइत तस्बीर ।

नुवाकोटको तारूका गाउँपालिका वडा नम्बर ६ घर भएका तिमल्सिना असार १५ गते काठमाडाैँको बाइपासबाट  पक्राउ गरेको हो । तिमिल्सिनालइ जिल्ला अदालत नुवाकोटबाट तीन दिनको म्यद लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तिमल्सिना टिपरमा अागजनी गरेर फरार भएपछि नुवाकोट प्रहरीले खोजीमा सहयोग गरिदिन काठमाडाैँ प्रहरीलाइ अनुरोध गरेको थियो ।

प्रकाशित मिति : 13:28