२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

हाँस्यकलाकार शिवहरीकाे ‘लक्का जवान’ कालागि दीलिप रायमाझीकी छोरी दिव्या 


 १८ असार, काठमाडाैँ । नेपाली टेली चलचित्रका हाँस्यकलाकार शिवहरी पौडेलले  ‘लक्का जवान’ बनाउने भएका छन् ।  पौडेलले ‘लक्का जवान’ निर्माणकाे घोषणा गरेसँगै उक्त फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ ।  ‘लक्का जवान’ नामक फिल्मबाट पौडेल ठूलो पर्दाको निर्देशकमा होमिन लागेका हुन् ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिए । फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई रहेको छ । चर्चित कलाकार शिवहरीले फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १२:४४