२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

हाँस्यकलाकार शिवहरी पौडेलले प्वाक्क मुखमा हान्दै ‘लक्का जवान’ बनाउने


१८ असार, काठमाडाैँ । नेपाली टेली चलचित्रका हाँस्यकलाकार शिवहरी पौडेलले ‘लक्का जवान’ बनाउने  भएका छन् । अर्का हाँस्यकलाकार किरण केसीको जन्मदिनको अवसर आयोजित कार्यक्रममा पौडेलले ‘लक्का जवान’ निर्माणकाे घोषणा गरेका हुन् ।  ‘लक्का जवान’ नामक फिल्मबाट पौडेल ठूलो पर्दाको निर्देशकमा होमिन लागेका हुन् ।

ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहेका छन् । फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई रहेको छ । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित शिवहरी फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने बताउँछन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार ११:२८