५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

१७ असार, काठमाडाैँ । रूपन्देही गैडहवामा गोली चलेको छ । गोली लुटेरा समूहले चलाएको भए पनि को भनेर पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मंगलबार लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर घर जाँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ल सवार अटोरिक्सामा गोली हानी उनको साथबाट पैसा लुटपाट भएको छ ।

गोली प्रहारमा २ जना संलग्न रहेको भए पनि को हो भन्ने पहिचान नभएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाका अनुसार रिक्सामा एक जना चालक, दुईजना पुरुष र लुटिएकी महिला थिइन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:57