२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कार्यवाहक मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल

१७ असार, हेटाैँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री डोरमणि पौडेल आज चीनतर्फ प्रस्थान गर्नु भएकाले उहाँले सम्हाली आउनुभएको मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललाई दिनुभएको छ ।

प्रदेश प्रमुखको सचिवालयले आज जनाएअनुसार मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको गभर्नरको निमन्त्रणामा चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।रासस

प्रकाशित मिति : July 2, 2019 at 3:54 pm