अमेरिका जाने विद्यार्थीहरूका लागि खुशीको खबर, भिसा इस्यु गरे बापतको २०० डलर तिर्नु नपर्ने
१७ असार, काठमाडौँ । नेपालस्थित अमेरिका दूतावासले नेपाली विद्यार्थीका लागि खुशीको खबर बाँडेको छ । दूतावासले हिजोदेखि लागू हुने गरी नेपाली विद्यार्थीले पढ्नका लागि अमेरिका जाँदा दूतावासमा तिर्नुपर्ने भिसा इस्युएन्स बापतको २०० डलर तिर्नु नपर्ने भएको छ । दूतावसको ट्वीटर मार्फत अमेरिकामा अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ ।
यसअघि लाग्दै आएको आवेदन र सर्भिस शुल्क भने लाग्नने दूतावासले जनाएको छ । यस्तो छ दूतावासको सन्देश ‘Great news, Nepali students ! विद्यार्थीहरूका लागि खुशीको खबर ! जुलाई १, २०१९ अर्थात् आजैका दिनदेखि अमेरिकामा अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन । स्मरण गर्नुहोस्, आवेदन तथा सेभिस शुल्क चाहिँ अझै लाग्नेछ।’
Great news, Nepali students!
विद्यार्थीहरूका लागि खुशीको खबर! जुलाई १, २०१९ अर्थात् आजैका दिनदेखि अमेरिकामा अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन। स्मरण गर्नुहोस्, आवेदन तथा सेभिस शुल्क चाहिँ अझै लाग्नेछ। pic.twitter.com/EKsNIJShxw— U.S. Embassy Nepal (@USEmbassyNepal) July 1, 2019
प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १०:४८