५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

पक्राउ पुर्जी जारी भएपछि नुवाकोट कांग्रेसका नेता रिमाल आत्मसमर्पण गरि धरौटीमा छुटे

१६ असार, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता समेत रहेका विदुर नगरपालिकाका वडा अध्यक्ष बद्री प्रसाद रिमाल जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धरौटी बुझाएर छुटेका छन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक अपराधको मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि केही समय लुकेर बसेका रिमाल असार ३ गते आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएपछि सोही दिन उनलाइ प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको आदेशमा रिमाल ९ हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी कृष्णबहादुर पल्लीमागरले जानकारी दिए । उनले सबै प्रक्रिया पूरा गरेर धरौटीमा रिहा गरेको बताए ।

फाइल तस्बीर ।

यता उजुरीकर्ता पीडित भवानी घिमिरेका छोरा रमाचन्द्र घिमिरेले रिमाल प्रशासनको सेटिङमा आत्मसमर्पण गरी रिहा भएको भन्दै न्याय दिने विषमाय प्रशासनले हेलचक्राइँ गरेको आरोप लगाए । रक्सीले मातेर घिमिरेको घरमा ढुंगामुढा गर्न पुगेपछि रिमालविरूद्ध प्रहरीमा किटानी जोहरी परेको थियो । मदिराले मात्तिएका उनी मध्यरातको ११ बजे घर लडाउने भन्दै ढुंगामुढामा उत्रिएपछि पीडित परिवारले न्यायका लागि याचना गरेका थिए ।

यो पनि पढ्नुहोस्

मदिराले मातेर जनताको घरमा ढुंगा हान्ने नुवाकोट कांग्रेसका नेता रिमालविरूद्ध पक्राउ पुर्जी जारी

–मदिराले मातिएका नुवाकोट कांग्रेसका नेता रिमाल मध्यरातमा अर्काको घरमा पुगेपछि…(भिडियोसहित)

प्रकाशित मिति : 14:17