आनी छोइङ डोल्माले १८ करोड सम्पत्तिकाे स्रोत खुलाइन् (विज्ञप्तिसहित)
१५ असार, काठमाडौं । गायीका आनी छोइङ डोल्माले १८ करोड सम्पत्ति नेपाल भित्र्याएकोकाे स्रोत नेपाल राष्ट्र बैंक र नेपाल सम्बन्धित विभागबाट वैधानिक स्रोत पुष्टि हुने बताएकी छिन् । आनीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप पूर्ण झूटो रहेको बताएकी छिन् ।

आनीले सञ्चार माध्यमहरुबाट उचालिएको विषय र आफु उपर लगाइएको झुट्ठा आरोपले आफुले सञ्चालन गरी आएको समाज सेवा सम्बन्धी परियोजनाहरु सञ्चालन गर्ने कार्य लगायत मेरो व्यक्तिगत मान प्रतिष्ठामा समेत ठूलो क्षति पुग्न गएको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : 19:55







