५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

काठमाडाैँ चन्द्रागिरीकी सदीक्षा पौडेलले एसईईमा जिपीए ३.६ ल्याउँदा पनि आत्महत्या गरिन

१४ असार, काठमाडाैँ । काठमाडाैँको चन्द्रागिरीकी सदीक्षा पौडेलले एसईईमा जिपीए ३.६ ल्याउँदा पनि आत्महत्या गरेकी छिन । उनले रिजल्टको विषयमा असन्तुष्टि जनाउँदै आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले ‘ए प्लस’ नतिजा अपेक्षा गरेकी थिइन तर उनले ३.६ जिपएमात्र पाएपछि आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै बस्दै अाएकी सदिक्षाको स्थायी घर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ रहेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले बताए । पाैडेलले बलम्वु माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिइन। अहिले सदीक्षाको शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : 19:57