एकाबिहानै जमलमा डर लाग्दो कार दुर्घटना (फोटोफिचर)
१४ असार, काठमाडाैँ । शनिबार बिहानै काठमाडाैँको जमलमा डरलाग्दो तरिकाले कार दुर्घटनामा परेको छ । बा ११ च ३६०४ नम्बरको कार केशरमहलबाट जमलतर्फ जाँदैगर्दा दुर्घटनामा परेको हो । कारमा तीन जना सवार रहेका तीनै जना सकुशल रहेका छन । कार दुर्घटना हुँदा इन्जिन सडकमै उछुटि्टएको छ भने फुटपाथको रेलिङ भाँच्दै कार उत्तानो परेको छ ।

दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा पनि क्षति पुगेको छ । मच्छिन्द्र आयल स्टोरका सन्चालक बिजेन दुवाल श्रेष्ठले चलाएको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : 09:27









