५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

युवाको उम्मेदवारीले उत्साहित बार राजनीति, काठमाडाैँ बारको निर्वाचन भोलि

१३ असार, काठमाडाैँ । यही असार १४ गते शनिवार हुन गईरहेको काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको चुनावमा सँधै देखिने पुराना अनुहार मात्र नभइ यस नयाँ कार्याकालका लागि हुने यस निर्वाचनमा युवा कानुन व्यवसायीको उम्मेदवारी दर्ता भएको छ । नव कानुन व्यवसायी र पुराना उम्मेदावारहरुको कडा प्रतिप्रर्धा हुने देखिएको छ ।

चुनावी माहोल तातीरहेको बेला युवा कानुन व्यवसायीको प्रतिनिधीत्व सहित का.जि.अ. बार एशोसिएशनकै ईतिहासमा कान्छो उम्मेद्वारको रुपमा नव कानुन व्यवसायी सुरेन्द्र तिवारीले प्रगतिशिल, पेशागत तथा समावेशी समुहबाट सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले क्र.म संख्या नं १३ लिएर आफ्नो उम्मेद्वारी दिएका छन् । बारको चुनावमा युवा जमातको न्यून सहभागीता रहेको र का.जि. अ. बारमा अर्थपुर्ण सहभागीताका लागी आफूले सदस्य पदमा उमेदवारी दिएको तिवारीको भनाई छ । नेपाल ल क्यापसबाट २०७५ सालमा कानुनमा स्नातक गरेका तिवारी नवप्रवेशी कानुन व्यवसायी हुन् ।

जिल्ला बारमा पहिलो पटक बि.ए.एल बी को प्रतिनिधीत्व गरी उम्मेद्वारी दिएका तिवारी युवा कानुन व्यबसायीका प्रतिनिधी मात्रै नभई पुस्ता हस्तान्तरणका लागी संवाहक समेत बन्ने अठोट लिएका छन् । यसरी बारको चुनावमा आफूलाई उभ्याएर कानुन ब्यवसायीको समस्या, हक ,हितका लागी लड्ने अभिप्रायका साथ तिवारी पृथक ढङ्बाट चुनाबमा प्रस्तुत भएका छन् ।

कानुन व्यवसायमा पछिल्लो समय प्रोफेशनालीजम को बहस चलीरहेको अवस्थामा यसको विकास तथा प्रवद्र्धन गर्नका लागी र वरिष्ठ र अनुभवी विद्धान अधिवक्ताहरुको ज्ञान, सीप, क्षमतालाई युवा जमातमा जोड्नका लागि आफूले उम्मेदवारी दिएको तिवारी बताउँछन् । नयाँ पुस्तामा कानुन प्रतीको चाख, रुची र नयाँ पुस्ताका कानून व्यबसायीको हक हित सुनिश्चित गर्ने उनको कार्ययोजना रहेको छ ।

यसरी नेपाल बार देखि विभिन्न बारहरुमा युवाहरुको उम्मेदवारी हुनु आफैमा पनि निकै सकारात्मक कुरा हो । आजका युवा भोलिको उज्जवल भविष्य भन्ने नाराका साथ युवा कानुन व्यवसायी एकबद्ध भएर युवालाई नेतृत्वमा पु¥याउन सके कानुन व्यवसायलाई पनि एक मर्यादित एवम् सर्वश्रेष्ठ पेशाका रुपमा विकास गर्न सकिन्छ । न्यायालयका लागि नै युवालाई मतदान गर्नु सुवर्ण अवसर हुने आम कानुन व्यवसायीहरुको धारणा रहेको छ ।

प्रकाशित मिति : 22:09