३० हजार घुस लिने सशस्त्र प्रहरी जवान अरुण झा विरुद्ध मुद्दा दायर
१३ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ११ नम्बर गण हजमिनियाँ रौतहटका कार्यरत सशस्त्र प्रहरी जवान अरुण झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार जवान झाले नेपाल भारत सीमबाट कस्मेटिक सामान आयातमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस मागेको आरोप लगाएको छ ।

आयोगको टोलीले जनाव झालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आरोपीलाई बिगो अनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस
प्रकाशित मिति : 18:31









