५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

धादिङकाे गल्छी गाउँपालिकाका अध्यक्ष अमेरिका गएपछि बजेट आएन

१३ असार, धादिङ । अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छैन् । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाले बजेट ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताउनुभयो । बजेटको तयारी नगरिकनै छोराछोरी अमेरिका बस्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका जानुभएको हो ।

असार २५ गते फकर्ने गरी अमेरिका जानुभएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई परिषद् गराउने अधिकार नदिएपछि बजेट ल्याउने काम नै नरोकिएको हो । गत वर्ष पनि सो गाउँपालिकाको बजेट निर्माणमा ढिलाइ भएको थियो । धादिङ जिल्लामा गल्छीसहित रुवीभ्याली, त्रिपुरासुन्दरी, गङ्गाजमुना गाउँपालिका र धुनीबेँसी नगरपालिकाले असार १० गतेसम्म ल्याउनुपर्ने बजेट प्रस्तुत गर्न सकेका छैनन् ।रासस

प्रकाशित मिति : 16:44