५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

धर्तिमाताको नाममा आतंक सृर्जना गर्ने महिला बालाजुबाट पक्राउ, पाँच वर्षसम्म कैद हुने !

१३ असार, काठमाडाैँ । धर्तिमाताको नाममा आतंक सर्जना गर्ने महिला बालाजुबाट पक्राउ परेकी छिन । नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गरेर सामाजिक सञ्जालमा कुख्याती कमाएकी विष्णु कुँवर उर्फ धर्तीमाता  पक्राउ परेकी हुन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले ‘धर्तीमााता’ भन्दै युवती यातना दिने ती महिलालाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरिएको पुष्टि गरे ।

पक्राउ परेकी कुँवरलाइ अपराध संहिता अनुसार कारबाही चलाउँदा पाँच वर्षसम्म कैद सजाएँ हुने देखिन्छ । अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

वुटवल बस्ने कुँवरलाइ अपराध संहितामै कारबाही गर्ने गरी अनुसन्धान अघि बढेको बोगटीले बताएका छन । उनको व्यवहारको सामाजिक सञ्जालमा चर्को अालोचना भएको छ ।

प्रकाशित मिति : 12:20