५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

युवतीमाथि श्रृङ्खलाबद्ध सिरिन्ज आक्रमण गर्ने रामेछापका सन्तोष कार्की मध्यरातमा पक्राउ

१३ असार, काठमाडाैँ । युवतीमाथि श्रृङ्खलाबद्ध सिरिन्ज आक्रमण गर्ने रामेछापका सन्तोष कार्की मध्यरातमा पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले कार्कीलाइ मध्यराति महाराजगञ्जबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । कार्कीले श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कार्कीले अपराध स्वीकार गर्दै रमाइलोका लागि सिरिन्ज अाक्रमण गरेको बताएका छन । प्रहरीले अाज दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सिरिन्ज आक्रमणमा परेका कतिपय युवती हाल अस्पतालमा उपचार गराइरहेका छन ।

प्रकाशित मिति : 08:31