रक्सी खाएर साली बलात्कार गर्ने नेपाली सेनाका जवान विष्ट पक्राउ
१२ असार, डोटी । डोटीमा रक्सी खाएर साली बलात्कार गर्न जाने एक जना नेपाली सेनाका जवान पक्राउ परेका छन । जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने युवतीलाइ बलात्कार गरेपछि सोही ठाउँका नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्ट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले साली नाता पर्ने महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा विष्टलाई पक्राउ गरेको जानकारी दिए ।

विष्ट नेपाली सेनाको कुमार दल गुल्म सुपारीटार हेटौडामा जवान पदमा कार्यरत रहेका थिए । उनका अनुसार असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी महिलालाई विष्टले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : 22:29









