२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

५ जना भारतीय नागरिकले लिएकाे नेपाली नागरिकता खारेज

१२ असार, काठमाडौँ । सरकारले नेपाली नागरिकता लिएका ५ जना भारतीय नागरिककाे नेपाली नागरिकता खारेज गरिदिएको छ। असार ५ र ८ गते बसेका मन्त्रिपरिषदका २ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ५ जना भारतीय नागरिककाे नेपाली नागरिकता खारेज गरिदिएको जानकारी दिए।

नेपाली नागरिकता लिएका भारतीयहरु जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय मंगलबार बसको मन्त्रिपरिषद्को निर्णयले गरेको हो। जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट विभिन्‍न समयमा नेपाली नागरिकता लिएका थिए।

प्रकाशित मिति : June 27, 2019 at 6:27 pm