५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा

१२ असार, काठमाडौँ । नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवाका लागि सिफारिस भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए ।

प्रकाशित मिति : 17:47