इन्टिग्रिटी आइडल भएका सिडिओ कडेलले सांसद दासलाई कार्यकक्षमै दूर्व्यवहार गरे
१० असार, धनुषा । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले समाजवादी पार्टी नेपालकी प्रदेश सांसद चमेलीदेवी दासलाई आफ्नै कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन्। त्यसपछि सांसद दास उनलाई प्रतिलिपि दिलाउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा प्रजिअ कणेलले दुर्व्यवहार गरेका हुन्। लक्ष्मीनियाँ गाउँपालिका ६ का किशोरी यादव विगत १० दिनदेखि हराएको नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय दौडिरहेका थिए । तर पनि प्रतिलिपि नपाएपछि उनले सांसद दाससँग सहयोग मागे । आफूमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरमा पत्रकार सम्मेलन गरी सांसद यादवले सिडिओ कडेललाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छिन ।

उनले भनिन्, ‘म बोल्नै लाग्दा उहाँले चुप लागेर बस्नुस्, नत्र थुन्छु भनेर दुर्व्यवहार गर्नभयो।’ यति मात्र नभएर दुई प्रहरीलाई बोलाएर थुन्ने प्रयाससमेत गरेको सांसद दासले सुनाइन्। उनले सेवाग्राहीको काम नगर्ने र गुनासो गर्दा थुन्न लगाउने सिडिओलाई कडा कारबाही हुनुपर्ने बताइन्। यता, सिडिओ कणेलले यो घटनालाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिए। उनले कार्यालयमा सबै खालका सेवाग्राही आउने गरेको भन्दै आफूले सांसद दासलाई दुर्व्यवहार नगरेको दावी गरे। उनले भने, ‘यो सामान्य कुरा हो। तिरलाई तार बनाउनु हुँदैन।’
प्रकाशित मिति : 21:29









