५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी

१० असार, नवलपरासी । नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा अज्ञात समुहले पेट्रोल छर्केर आगाे लगाएका छन् । साेमबार राति साढे १ बजे नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किङ गरी राखेको गाडीमा आगजनी भएको हो । मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए ।

आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । गाडीमात्रकत्र पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

 

प्रकाशित मिति : 10:08