५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

अछामको एक नगरपालिका र एक गाउँपालिकामा आगजनी, पेट्रोल बम हानिएको आशंका

१० असार, काठमाडाैँ । अछामको एक नगरपालिका र एक गाउँपालिकामा आगजनी भएको छ । नगरपालिका र गाउँपालिकाको वडा कार्यालयमा आगजनी भएको हो । प्रहरीका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको छ ।

आगजनीबाट वडा कार्यालय जलेर नष्ट भएको छ । त्यहाँ रहेका कागजपत्रहरू समेत सबै जलेका छन । मंगलबार विहान २ बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन । घटनास्थलमा पेट्रोल हालिएको बोलत समेत भेटिएको प्रहरीले जनाएको छ । घटनाको छानविन भैरहेको प्रहरी निरिक्षक कलेन्द्र शाहीले बताएका छन ।

प्रकाशित मिति : 09:25