५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

जावलाखेलको खेल मैदान अगाडि प्रेसर कुकर बम, सेनाको टोलीले निष्क्रिय पार्यो

१० असार, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव समूहको बन्दको क्रममा जावलाखेलको खेल मैदान अगाडि प्रेसरकुकर बम भेटिएको छ । कुकर बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।  मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले अाज बन्द घोषणा गरेको हो । देशका अन्य विभिन्न भागमा समेत शंकास्पद बस्तु र बम फेला परेको छ ।

प्रकाशित मिति : 09:12