५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

स्याङ्जाको मिर्मी चोकमा प्रेसरकुकर बम, घटनास्थल सेना र प्रहरीको नियन्त्रणमा

१० असार, काठमाडाैँ । स्याङ्जाको मिर्मी चोकमा पनि प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँ पालिका वाड 7 मा रहेको मिर्मी चोकमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । बम भेटिएपछि प्रहरी र नेपाली सेनाले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली समेत केहीबेरअघि घटनास्थलमा पुगेको छ ।  बम भेटिएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ । मानिसहरूमा त्रास बढेको छ ।

प्रकाशित मिति : 07:37