दुई थान पेस्तोल र १४ राउण्ड गोलीसहित समातिए अशोक राई, अनुसन्धान गरिरहेका छाैँः प्रहरी
९ असार, विराटनगर । प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको सुन्दर–हरैँचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझी रहेका छन । वेलबारी नगरपालिका–४ स्कुल डाँडाबाट उनीहरू समातिएको पनि प्रहरीले जनाएको छ ।

को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले दुई थान पेस्तोल र पेस्तोलमा लाग्ने म्यागजिन ४ थान र गोली १४ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 18:02









