१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

रेणुकाे नेतृत्वमा नगरपालिकाको कार्यालय तोडफोड

८ असार, महाेत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो । अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो ।

फाइल फाेटाे

यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते हुनुभएको छ । उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : June 23, 2019 at 10:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/