५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

डिएसपीको युनिफर्म लगाएर डिएसपी हुँ भन्दै अभद्र व्यवहार गर्ने भोला पक्राउ

७ असार, काठमाडौं । नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएर डिएसपी हुँ भन्दै अभद्र व्यवहार गर्ने भोला गौतम पक्राउ परेका छन् । युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिने ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।  काभ्रे घर भएका गाैतम जोरपाटीमा बस्थे । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्ध नयाँवस्तीमा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : 13:29