२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपाल झरेर हैरान हुनुहुन्छ भने यी उपाए अपनाउनुहाेस् 


७ असार, काठमाडाैँ ।   हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ । कपाल झर्न राेक्ने उपाए यस्ताे छ ।

कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाउनुहोस् ।  लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ ।

कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । शरीरमा लागेको रोग, खानपिनलगायतले कपालमा असर गरेको हो भने नयाँ उपचार प्रक्रियामा जानुपर्छ । यसका लागि सबैभन्दा पहिले त कपाल झर्नुको कारण पत्ता लगाउनु जरुरी हुन्छ ।

शुद्ध तोरीको तेलमा नरिवलको तेल मिलाएर मन तातो बनाउने र नुहाउने अघिल्लो रात पुरै जरा जरा सम्म औंलाको सहयेताले मसाज गर्ने गरेमा धेरै हद सम्म कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

प्याजको रस कपालमा लगाउँदा फाइदा हुने पत्ता लागेको छ । प्याजमा हुने सल्फरले कपालको जरालाई पोषण दिन्छ । जसले कपाल लामो बनाउने र झर्ने समस्या कम गर्छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १३:१३

https://srdb.com.np/