५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका १७ जनाको सकुशल उद्धार

६ असार, काठमाडौँ । रसुवागढी जलविद्युत आयोजनाको निर्माणाधीन सुरूङमा थुनिएका सबै १७ जनाको कामदारलाई सकुशल उद्धार गरिएको छ । ११ जना नेपाली र ६ जना चिनियाँ कामदारकाे शुक्रबार बिहान सकुशल उद्धार गरिएकाे डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए ।


गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक बिहीबार राति साढे ८ बजेतिर  निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

अडिट-४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रकाशित मिति : 08:10