५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

रसुवागढी जलविद्युतमा सुख्खा पहिरो, १५ जना कामदार भित्रै थुनिए, भोलिमात्रै उद्धार हुने

५ असार, रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा सुख्खा पहिरो गएको छ । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सुरूङभित्र १५ जना कामदार थुनिएका छन् । पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएको शसस्त्र प्रहरी बल रसुवागढी गुल्मका प्रमुख डिएसपी जीवन केसीले जानकारी दिए । गुल्म प्रमुख केसीका अनुसार सुरुङ्गभित्र थुनिएका मजदुरहरु सुरक्षित छन् । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ डिएसपी केसीले  भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । हामी बिहानै उद्दारमा जुट्छौं ।’

प्रकाशित मिति : 23:02