५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

काठमाडौँ ओभरसिजमा कार्यरत नुवाकोटका प्रदीप पौडेल ६ करोड बढी ठगीको आरोपमा पक्राउ

५ असार, काठमाडाैँ । सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने नुवाकोटका प्रदीप पाैडेल पक्राउ परेका छन । काठमाडौँ ओभरसिजका प्रबन्ध निर्देशक प्रदीप पाैडेललाइ महानगरीय प्रहरी परिसर महाराजगञ्जल पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनलाइ महानगरीय प्रहरी अपराध महाशाखा पठाइएको महाराजगञ्ज वृत्तका प्रमुख डिएसपी फडिन्द्र प्रसाइले दैनिकीलाइ जानकारी दिए । यसअघि हिजोमात्रै महानगरीय प्रहरी अपराध महाशाखालले प्रदीपका सहोदार भाइ  प्रविन पाैडेललाइ पक्राउ गरेको थियो।

पीडितहरूले दिएको जाहेरीको अाधारमा पाैडेल पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन । नुवाकोट जिल्लाको साविकको गणेशस्थान गाविस वडा नम्बर ९ घर भइ हाल काठमाडाैँको तारकेश्वरनगरपालिका वडा नम्बर ११ मनमैँजु बस्ने ३४ वर्षीय पाैडेल मकवानपुरबाट पक्राउ परेका हुन ।

कराेडाैँ ठगेर मकवानपुरमा गएर लुकेर बसेका उनी लोकेशन ट्रेस आउट गर्दा मकवानपुर जिल्लाको वाईपास/पारिजातपथमा लुकीछिपी बसेको अवस्थामा मिति २०७६।०३।०३ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ पारिजातपथ एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ पक्राउ परेको राठाैरले बताए । उनले काठमाडाैँको विशालनगरस्थित The apprentice firm Pvt.Ltd. नामक ट्रेनिङ सेन्टर खोलेर सञ्चालन गर्दै अाएका उनी मासिक ६५० डलर तलव स्केल हुन्छ भनी भारतको दिल्ली र लखनउमा पठाई SOLAS नामक ( पानीजहाजमा काम गर्नेलाई दिईने तालिम) तालिम समेत गर्न लगाई प्रतिव्यक्ति पाँच लाखसम्म उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झापाका तीर्थ हामलले पाैडेल फरार भएपछि उजुरी दिएका थिए ।


प्रारम्भिक अनुसन्धानका पाैडेलले तीन साय जना भन्दा बढी मानिसहरुबाट छ करोड भन्दा बढी ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।  उक्त ठगी कार्यमा अन्य मानिसहरु समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले निजहरु समेतको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । प्रहरीले साथै सोही प्रकृतिका घटनाहरु पुन: दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग/सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : 21:29