५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

धादिङबाट सेमजोङतर्फ जाँदैगरेको बोलेरो दुर्घटनाहुँदा सेनाका शेरबहादुर लामाकाे मृत्यु

५ असार, धादिङ । धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय सेनाबाट सेवा निवृत्त ३८ वर्षीय शेरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । मृतककी श्रीमती गम्भीर घाइते भएकी छिन् ।

उकालो बाटोमा गाडीमाथि जान नसकेपछि गाडी चालकसमेत गाडी छाडेर झरेपछि पछाडि हटेका कारण दुर्घटना भएको र गाडीबाट यात्रुहरु भागाभाग गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

प्रकाशित मिति : 18:43