५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

रत्नपार्क जाँदै गरेको बस दुर्घटनाहुँदा एककाे मृत्यु

५ असार, काठमाडाैँ ।  गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा आज दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । बस सडकबाट पाँच फिट तल खेतमा पल्टिएको थियो । चन्दका अनुसार सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।रासस

प्रकाशित मिति : 16:59