२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

तपाइकाे राशिलाई याे पेशा फाप्छ, थाहा पाउनुहाेस् आफ्नाेलागि उत्तम पेशा 


५ असार, काठमाडाैँ । आफ्नाे भविष्य प्रति सबै चिन्तित हुन्छन् । के गर्दा सफलता प्राप्त हुन्छ ? कुन पेशा गर्दा राम्राे आम्दानी गर्न सकिन्छ भन्ने खुल्दुली हरेक व्यक्तिमा रहेकाे हुन्छन् । कतिपयले आफ्नाे राशि हेरेर पनि अगाडी बढ्ने चाहाना राखेका हुन्छन् । थाहा पाउनुहाेस् आफ्नाेलागि उपयुक्त पेशाः

मेष– मेष राशिका व्यक्तिहरु मार्केटिङ, व्यवस्थापक क्षेत्रमा आफ्नो छाप छोड्न सक्छन् । यी काम गरेमा मेष राशिका व्यक्तिहरू सफल हुन सक्छन् ।

वृष– वृष राशिका व्यक्तिहरु असल, इमान्दार, विश्वसनीय र राम्रो बानि भएकै कारण साथी बनाउन लागिपर्छन् ।  यो राशिका व्यक्तिहरुलाई कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्रमा राम्रो हुन्छ ।

मिथुन– मिथुन राशि अस्थिर हुने गर्छ । केहि मिथुन राशिका व्यक्तिहरु प्रायः दुविधा पूर्ण व्यवहार देखाइरहन्छन् । मिथुन राशिका क्तिहरुसँग राम्रो कुरा गर्ने क्षमता भएको कारण, विज्ञापन, मिडिया, पब्लिक रिलेसन र राजनीतिको क्षेत्र राम्रो हुन्छ ।

कर्कट– जटिल स्वभावका कर्कट राशिका व्यक्तिहरु परिवारलाई सधैं महत्वपूर्ण स्थानमा राख्छन् ।  कर्कट राशिका व्यक्तिहरु अरुलाई मदत गर्ने खालका हुन्छन र द्वन्दबाट निक्कै टाढा बस्न रुचाउछन् । जुनसुकै काम गर्दापनि दृढताका साथ लागिपर्छन् । यो राशिका व्यक्तिहरु बढी महत्वकांक्षी हुदैनन् ।

सिंह– नेतृत्व गर्न सक्ने क्षमता भएकाे याे राशिका व्यक्तिहरु आफुले चाहेको कुरा प्राप्त गर्न सक्षम हुन्छन् ।  नेतृत्व गर्न सक्ने क्षमता भएको हुनाले सिंह राशिका व्यक्तिहरुलाई धेरै काम गर्ने अवसर प्राप्त हुन्छ । विशेष गरेर सिंह राशिका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ ।

कन्या– कन्या राशिका  १२ वटा राशि मध्ये सबैभन्दा बढी सतर्कता अपनाउने खालकाे राशि हाे ।  यो राशिको ग्रह देवता बुध भएको कारणले यस्ता व्यक्तिहरुसँग लेख्ने, बोल्ने तथा अभिव्यक्ति गर्ने कला राम्रो हुन्छ । कन्या राशिका व्यक्तिहरुलाई कला क्षेत्रमा राम्रो हुन्छ । यसको साथै डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्रमा राम्रो हुन्छ ।

तुला– तुला राशिका व्यक्तिहरु एक्लै शान्तसँग बस्न रुचाउँछन् । तुला राशिको तत्व वायु भएको कारणले यी व्यक्तिहरुमा बुद्धिमान्, विद्धान् र गहिराइका साथ सोच्ने क्षमता रहेको हुन्छ ।  तुला राशिका मानिसहरुलाई अफिसर, वकिल, डिप्लोम्याट्स, सरकारी जागिर , डिजाइनिङ, जस्ता पेशा राम्रो हुन्छ ।

वृश्चिक राशि– नयाँ–नयाँ कुराका अनुभव गर्न रुचाउने वृश्चिक राशिका व्यक्तिहरुमा कुनै कामलाई तुरुन्तै सम्पन्न गर्ने क्षमता हुन्छ ।  यी व्यक्तिहरु व्यवस्थापन र समस्याको समाधान निकाल्न क्षमतावान् हुन्छन् ।  यी राशिका व्यक्तिहरुलाई वैज्ञानिक, फिजिशीयन, रिसर्चर, डिटेक्टिव, प्रहरी, व्यापार व्यवस्थापक र मनोविज्ञानको क्षेत्र राम्रो हुन सक्छ ।

धनु– घुम्न मनधनु राशिका व्यक्तिहरु एकदमै जिज्ञासु र उर्जावान् हुन्छन् । ग्रहहरुमा नै सबै भन्दा ठूलो बृहस्पति नै धनु राशिको ग्रह देवता भएको कारणले गर्दा पनि यी व्यक्तिहरुमा निकै उत्साह हुन्छ । स्वतन्त्रता धनुहरुको सबैभन्दा ठूलो धन हो त्यसैकारण यी व्यक्तिहरुले आफ्नो जीवनमा नयाँ ठाउँ घुम्दै नौलो संस्कृतिहरु, चिजहरु सिक्ने मौका खोजिरहन्छन् ।  धनु राशिलाइ  ट्राभल एजेन्ट, फोटोग्राफि, रिसर्च, कलाकारिता, आयात निर्यातको क्षेत्र यो राशिका व्यक्तिहरुलाई राम्रो हुन्छ ।

मकर– मकर राशिका मानिसहरुलाई कर्मप्रति विश्वास लाग्छ । परिवारलाई महत्व दिने यी राशिका व्यक्तिहरु सेल्फ कन्ट्रोल र क्षमताले भरिपूर्ण हुन्छन् । यी व्यक्तिहरुलाई पैसा कसरी बचाउने कुरा थाहा हुन्छ । वफादारिता र कठिन परिश्रम गर्ने क्षमता यी व्यक्तिहरुमा हुन्छ । मकर राशिका व्यक्तिहरुले ब्यापारमा नेतृत्व लिन सक्छन् साथै व्यवस्थापन क्षमता पनि राम्रो हुन्छ । साथै शिक्षा क्षेत्र र घर जग्गा क्षेत्रमा लाग्दा मकर राशिका व्यक्तिहरुलाई राम्रो हुन्छ ।

कुम्भ– शान्त र लजालु स्वभावका कुम्भ राशिका व्यक्तिहरु उर्जाशिल हुनुका साथै सोच्नसक्ने क्षमता र अरुलाई मद्दत गर्ने स्वभाव हुन्छ ।  रिसाहा स्वभावका कुम्भ राशिका व्यक्तिहरु दुरदर्शी हुन्छन् ।  यस राशिका व्यक्तिहरुलाई एक्लोपन मन पर्दैन त्यसैले प्राय यस राशिका व्यक्तिहरुले धेरै साथी बनाउछन् । कलाकारिता, लेखन, अध्यापन, फोटोग्राफी, तथा पाइलट पेशा यो राशिका व्यक्तिहरुलाई उपयुक्त हुन्छ ।

मीन– मीन राशिका व्यक्तिहरु मिलनसार स्वभावका हुन्छन् । त्यसैले थुप्रै अनौठा व्यक्तिहरु भेटघाट गर्ने मौका पाउछन् । निस्वार्थ रुपमा सक्दो अरुलाई मदत गर्ने प्रयास यस राशिका व्यक्तिहरुले गर्छन् । बृहस्पति यो राशिको देवता भएको कारणले नै यो राशिमा जन्मिएकाहरु बुद्धिमान् र ज्ञानले भरिएको हुन्छन् । मीन राशिका व्यक्तिहरुमा कलात्मक क्षमता राम्रो हुन्छ । मीन राशिका ब्यक्तिहरुको लागि पशुचिकित्सा, वकिल, आर्कीटेक्ट, संगीतकार, समाजसेवी र कम्प्युटर गेम डिजाइनर जस्ता पेशा राम्रो हुन्छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १४:११

https://srdb.com.np/