५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

जनकपुरमा एकैचाेटी ९ वटा ग्यास सिलिण्डर विस्फोट

५ असार, धनुषा । जनकपुरमा एकैचाेटी ९ वटा ग्यास सिलिण्डर विस्फोट भएकाे छ । विहिबार विहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका – २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको थियाे । होटल भित्रै ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । विहान सबै मानिसहरु सुतिरहेकाे समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो । त्यसपछि सोहि स्थानमा राखिएका अन्य ग्यास सिलिण्डर समेत विस्फोट भयो ।

क्षतिको विवरण भने अनसन्धानपछिमात्र अाउने धनुषा प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति : 07:11