कर्णालीमा बेपत्ता जीप र १० यात्रु यसरी खोज्दैछ सशस्त्र प्रहरीको गोताखोर टोलीले (भिडियोसहित)
४ असार, काठमाडाैँ । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप र १० यात्रु खोज्ने काममा सशस्त्र प्रहरीको गोताखोरले काम गरिरहेको छ । बुधबारबाट खोज्न सुरू गरे पनि पानीको बहाव तीब्र र चिसो भएपछि अाजका लागि स्थगित भएको छ । सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको सशस्त्रको गोताखोर टोली बुधबार बिहान हुम्ला पुगेको थियो । मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णालीमा खसेको थियो ।
जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना रहेको देखाएको छ । शाहीका भाइ चन्द्र हमाल, ढुकु भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, चन्द्र हमाल र सवारी चालक गणिजंग शाही पनि बेपत्ता रहेको आशंका गरिएको छ । गोताखोरले जारी राखेको खोजी तस्बीरमा हेर्नुहोस् । तस्बीर र भिडियो साैजन्यः सशस्त्र प्रहरी बल ।


प्रकाशित मिति : 22:54









