२३ लाखको खालि चेक दिने काठमाडौं तारकेश्वरका कुमार खड्का पक्राउ
४ असार, काठमाडौं । आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा ब्यालेन्स नभएको चेक काटेदिने एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्का रहेका छन् । खड्काले प्रमोद जैसवाललाई एसबीआई बैंकको पैसा नभएकाे चेक काटिदिएका थिए ।

काठमाडाैँकाे सुकेधाराबाट पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ।
प्रकाशित मिति : 16:43









