सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने नुवाकोटका प्रविन पाैडेल पक्राउ
४ असार, काठमाडाैँ । सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने नुवाकोटका प्रविन पाैडेल पक्राउ परेका छन । पीडितहरूले दिएको जाहेरीको अाधारमा पाैडेल पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन । नुवाकोट जिल्लाको साविकको गणेशस्थान गाविस वडा नम्बर ९ घर भइ हाल काठमाडाैँको तारकेश्वरनगरपालिका वडा नम्बर ११ मनमैँजु बस्ने ३४ वर्षीय पाैडेल मकवानपुरबाट पक्राउ परेका हुन ।
कराेडाैँ ठगेर मकवानपुरमा गएर लुकेर बसेका उनी लोकेशन ट्रेस आउट गर्दा मकवानपुर जिल्लाको वाईपास/पारिजातपथमा लुकीछिपी बसेको अवस्थामा मिति २०७६।०३।०३ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ पारिजातपथ एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ पक्राउ परेको राठाैरले बताए । उनले काठमाडाैँको विशालनगरस्थित The apprentice firm Pvt.Ltd. नामक ट्रेनिङ सेन्टर खोलेर सञ्चालन गर्दै अाएका उनी मासिक ६५० डलर तलव स्केल हुन्छ भनी भारतको दिल्ली र लखनउमा पठाई SOLAS नामक ( पानीजहाजमा काम गर्नेलाई दिईने तालिम) तालिम समेत गर्न लगाई प्रतिव्यक्ति पाँच लाखसम्म उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झापाका तीर्थ हामलले पाैडेल फरार भएपछि उजुरी दिएका थिए ।

प्रारम्भिक अनुसन्धानका पाैडेलले तीन साय जना भन्दा बढी मानिसहरुबाट छ करोड भन्दा बढी ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त ठगी कार्यमा अन्य मानिसहरु समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले निजहरु समेतको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । प्रहरीले साथै सोही प्रकृतिका घटनाहरु पुन: दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग/सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरेको छ ।
प्रकाशित मिति : 13:58









