५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कर्णालीमा वेपत्ता १० जनाको खोजी गर्न सशस्त्र प्रहरीको टोली सेनाको हेलिकप्टरमा हुम्ला पुग्यो

४ असार, काठमाडाैँ । हुम्लास्थित कर्णाली नदीमा वेपत्ता भएका १० जनाको खोजी गर्न सशस्त्र प्रहरीको टोली सेनाको हेलिकप्टरमा हुम्ला पुगेको छ । बुधबार बिहान ०८:५५ बजे विपद व्यवस्थापन तालिम शिविर कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा ४ जना गोताखोर सहित १० जनाको टोली नेपाली सेनाको हेलीद्धारा हुम्लाको खर्पुनाथ गापा ५ स्थित कर्णाली नदीमा पुगेका हुन । उनीहरूले वेपत्ताहरूको खोजी सुरू गरिसकेका छन ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गरेका छन । मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछु ।” उनले दुर्घटनामा परी बेपत्ता हुनुभएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन ।

त्यस्तै, दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यसका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसो १२ बजे लु१ज ७१६६ नंको जिप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयवासी जनाएका छन् ।

प्रकाशित मिति : 12:16