एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको किन भयाे घाँटी रेटी विभत्स हत्या
४ असार, पाँचथर । पाँचथरमा एक २० वर्षीया युवतीकाे घाँटि रेटिएकाे अवस्थामा शव भेटिएकाे छ । मृतक युवती जिल्लाको हिलिहाङ गाँउपालिका–३ मा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा कार्यरत थिइन् । इलाम घर भएकी सुजाता तामाङको शव मंगलबार साँझ ६ वजे जंगलको गोरेटो बाटोमा शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए ।

युवतीको घाँटी रेटी हत्या गरेको भएकाे वडाध्यक्ष यवाले बताएका छन् । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रकाशित मिति : 10:42







