साढे ३३ केजी सुन प्रकरणः अभियुक्तलाई धराैटीमा छाड्ने पाँच न्यायाधीशमाथि कारबाही
४ असार, काठमाडौँ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीश कारबाहीमा परेका छन । न्याय सम्पादनमा विचलित भएर आदेश दिएपछि पाँच न्यायाधीश कारबाहीमा परेका हुन । सुन तस्करी र हत्या आरोपी प्रहरीका हाकिमहरू धमाधम धरौटीमा छुटेपछिउक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ ।

छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप पदाधिकारी बैठक डाकिएको हो । न्यायाधीश छानबिनका लागि न्याय परिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । यो समाचार अाजको अन्नपूर्ण पोस्टमा यम विरहीले लेखेका छन ।
प्रकाशित मिति : 09:47









