जीप दुर्घटनामा परी कर्णालीमा बेपत्ता भएका १० जनामध्ये ८ को पहिचान खुल्यो
३ असार, काठमाडाैँ । हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा सवार १० जनामध्ये ८ जनाकाे पहवचान खुलेकाे छ । खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा वेपत्ता हुनेहरूमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनिने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका- १ कि कौर कामी र उनका २ वर्षका छोरा दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेकाे र उनको नाम नसकेकाे शाहीले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जीप कर्णाली नदीमा बेपत्ता भएको बताएकाे छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति : June 18, 2019 at 6:28 pm










