यात्रुबाहक जीप कर्णालीमा खस्यो, गाउँपालिकाकी उपाध्यक्षसहित १० यात्रु बेपत्ता
३ असार, सुर्खेत । यात्रुबाहक जीप कर्णालीमा खसकाे छ । जिल्लाको खार्पुनाथा गाउँपालिका–५ बाट याक्चु कुना जाँदै गरेको लु१ज ७१६६ नम्बरको महेन्द्रा पीकअप जीप बेणुबिसौना र कैलेबालु क्षेत्रबाट कर्णाली नदीमा खसेको हाे । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित जीपमा सवार ८ जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

दुर्घटनापछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र स्थानीयको प्रयासमा उद्धार गरिरहेको छ तर नदीमा खसेको केही समयपछि गाडी नै नदीले पूरै छोपेकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएकाे छ ।
प्रकाशित मिति : 15:18









