५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

काठमाडाैँकाे टाेखामा करेन्ट सर्टहुँदा ५ पसलमा आगलागी, १५ लाख बराबरको क्षति(भिडियाेसहित)

२ असार, काठमाडाैँ । टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा रपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : 09:50