५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

त्रिविकाे आवास गृहमा अनियमित रुपमा प्राध्यापक बसेकाे भन्दै अनेरास्ववियुले लगायाे ताला

१ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयकाे आवास गृहमा अनियमित रुपमा प्राध्यापक तथा कर्मचारी बसेकाे भन्दै अनेरास्ववियुले ताला लगाएकाे छ । त्रिभुवन विश्वविद्यालय, प्राध्यापक/कर्मचारी आवसगृह हस्तान्तरण गर्न नदिई अनियमित रुपमा आवास गृहको ताला तोडी बसेकाे भन्दै आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आवास गृह–५ मा तालावन्दी गरेको हाे ।

यस्ताे छ विज्ञप

२०७६/०३/०१

विज्ञप्ति

गरिमामय इतिहास बोकेको प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय हाल अनेकौं समस्या र बेथितिबाट आक्रान्त भइरहेको छ । सम्बन्धित जिम्मेवार पक्ष र विश्वविद्यालयका पदाधिकारीहरु गैरजिम्मेवार हुँदा यसको गरिमामाथि आँच आएको छ र साख गिर्दाे छ । यसले हामीलाई अत्यन्तै चिन्तित बनाएको छ । अनेरास्ववियुले विश्वविद्यालयको शैक्षिक उन्नयनको लागि विभिन्न माध्यमबाट पटक- पटक खबरदारी गर्दा गर्दै पनि विश्वविद्यालयका पदाधिकारीहरुको ध्यान त्यस तर्फ नजानुले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय, प्राध्यापक/कर्मचारी आवसगृह हस्तान्तरण गर्न नदिई अनियमित रुपमा आवास गृहको ताला तोडी बस्ने कार्य प्राज्ञिक क्षेत्रमा असोभनीय छ । यस्ता गलत प्रवृत्ति प्रति अनेरास्ववियुको गम्भीर ध्यान आकर्षण भएको छ । आवास गृहलाई कानुनी रुपमा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न अनेरास्ववियु त्रि.वि. कमिटीले गवेषण आवास गृह–५ मा तालावन्दी गरेको जानकारी गराउदछौँ ।
अन्तमा विश्वविद्यालयको आवास गृहलाई व्यवस्थित गर्न अनेरास्ववियु त्रि.वि. कमिटी जोडदार माग गर्दछ । अनेरास्ववियु, त्रिभुवन विश्वविद्यालय प्रशासनलाई सदैव रचनात्मक साथ र सहयोग रहने अवगत गराउदछौँ । आवास गृह कानुनी रुपमा नियमन गर्ने मागलाई बेवास्ता गरे क्याम्पस प्रशासनविरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।

हार्दिक अभिवादन सहित ।

मदन विष्ट
अध्यक्ष

प्रकाशित मिति : 18:34