५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विज्ञापन फिर्ता नलिएको भन्दै लोकसेवा आयोगमा लाग्याे ताला

१ असार, काठमाडाैँ । विज्ञापन फिर्ता नलिएको भन्दै लोकसेवा आयोगकाे कार्यालयमा मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेकाे छ । प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको हाे । आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए।

ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो।आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ। भने करिब एक घण्टा पछि ताला खाेलिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 15:48