११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

आज देशको पुर्वी तथा पश्चिमी भु–भागमा हावाहुरी सहित वर्षाको सम्भावना

१ असार, काठमाडाैँ । आज (आइतबार) देशको पुर्वी तथा पश्चिमी भु–भागमा सामान्य बदली रहि मध्य भु–भागमा आंशिकदेखि सामान्य बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

त्यस्तै रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : June 16, 2019 at 9:45 am