सशस्त्र प्रहरी बलका १३ डिआईजीहरुको पनि सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
३२ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको पनि सरूवा भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ १३ डिआईजीहरुको सरुवा गरेको भए पनि शनिबार साँझ मात्र सूची सार्वजनिक गरेको हो । मन्त्रालयले गरेको सरुवाअनुसार सशस्त्र प्रहरी बलका एक नम्बर प्रदेशमा नगेन्द्र थापा, दुई नम्बर प्रदेशमा डिआईजी राजु अर्याल, तीन नम्बर प्रदेशमा चिरञ्जीवी अधिकारी, पांच नम्बर प्रदेशमा नारायणदत्त पौडेल, कर्णाली प्रदेशमा प्रजाभक्त श्रेष्ठ, सुदुरपश्चिम प्रदेशमा गोविन्द क्षेत्री र उपत्यकामा चन्द्रप्रकाश गौतम रहेका छन् ।

प्रकाशित मिति : 21:36









