विवाह गरेकाे ३ महिना नपुग्दै युवतीले गरिन् आत्महत्या
३१, जेठ, चितवन । विवाह गरेकाे ३ महिना नपुग्दै युवतीले आत्महत्या हरेकी छिन् । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटाले आत्महत्या गरेकी हुन् । उनकाे गत फागुनमा मात्रै विवाह भएकाे थियाे । दाजुको स्कुटर पछाडि बसेर आएकी कविता स्कुटरबाट झरेर नारायणीमा हाम फालेकाे प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
दाजु बहिनी मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी युवतीको खोजी भइरहेको छ । फागुनमा विहे गरेर चितवन आएकी कविताकाे माइती भने कञ्चनपुरको महेन्द्रनगर रहेकाे छ।
प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १९:३०